Monday, January 28, 2013

चिया मजदुरको हात खाली

चिया उत्पादनको सिजन सकिँदै गएपछि इलामका चिया मजदुरका हात खालि बन्न थालेका छन् ।
हरेक हिउ“द महिना सुरू भएपछि इलामका चिया मजदुरहरू घर चलाउनका लागि वैकल्पिक कामको खोजीमा निस्किन्छन् ।
अहिले जिल्लाका अधिकांश चिया बगानमा काम गर्ने मजदुरहरू घट्दै गएका छन् ।

वर्षाका बेला कामको भ्याइनभ्याइ गर्ने मजदुरहरू अब आउ“दो जेठ महिनासम्मका लागि बगानबाट बिदा
लिए जस्तो नै हुने गरेका छन् ।
निजी बगान भएका र धेरै जग्गा जमिन भएका अन्य खेतीमा लाग्ने गरेको भए पनि चिया टिपाइको काम मात्र गर्ने मजदुरहरू भने गाउ“मा आलु, सब्जी रोप्ने र निर्माणका काम गर्न खेताला जान थालेका छन् ।
वर्षमा छ महिना बगानमा काम गरेर घरमा खानेकुराको जोहो गर्न आफूहरूलाई हम्मेहम्मे पर्ने गरेको बताउ“दै इलाम कन्यामकी चिया मजदुर नर्वदा दहालले भन्नुभयो, “अरू आम्दानीको स्रोत नभएका हामीहरूलाई बगानको मात्र भर छैन, अरू काम खोज्नै पर्छ ।”
चिया प्रशोधन गर्ने जिल्लाका सबैजसो कारखाना हिउ“दभर बन्द नै रहन्छन् । हिउ“दको समयमा बगानमा का“टछा“ट र सरसफाइ बाहेकका काम हु“दैनन् । कारखानामा मेसिन मर्मत सम्भार, इन्धन जोहो र प्रशोधित चियालाई बजारसम्म पु¥याउने काम हिउ“द महिनामा हुने गरेको कारखानाहरूले जनाएका छन् ।
दिनहु“ किसानबाट आएको पत्ती तौलनेदेखि प्रशोधन गर्ने झन्झटिलो काम नहुने भएकाले कारखानाले धेरै मजदुरलाई बिदा दिने गरेको कन्यामका रेवतीरमण पौडेल बताउनुहुन्छ । वगान र कारखानामा काम नहुने भएकाले १५ हजार हाराहारीका चिया किसान र मजदुरलाई छ महिना घर चलाउने समस्या हुने गरेको उहा“ले बताउनुभयो ।
गाउ“का कारखानाका बगानमा काम हुन छोडेपछि हिउ“द सुरू भएस“गै भारतीय सीमावर्ती क्षेत्र पशुपतिनगर, श्रीअन्तु, समाल्वुङ्का किसान भारतीय सहरमा समेत कामको खोजीका लागि जाने गरेको श्रीअन्तुकी सरस्वती आलेले जानकारी दिनुभयो ।
चियासम्बन्धी सरकारको नीति नभएकाले नै चियामा लागेकाहरूको अवस्था उठ्न नसकेको चिया किसान काजीमान कागतेको भनाइ छ ।
जिल्लाका एक दर्जन जति अर्थोडक्स चिया कारखानाले वार्षिक १३ लाख किलोभन्दा बढी तयारी चिया उत्पादन गर्ने गरेका छन् । रासस

No comments:

Post a Comment