Monday, January 28, 2013

कतारमा नेपाली अर्गानिक चिया

दोहा (कतार), वैशाख १७ - नेपालमा उत्पादित अर्गानिक चिया कतारमा बिक्री सुरु भएको छ । रासायनिक मल तथा कीटनाषक औषधिको प्रयोगबिना उत्पादित चियाको कतारमा राम्रो बजारको सम्भावना देखेर यहाँ व्यवसाय गर्दै आएका नेपालीले ल्याएका हुन् ।
निर्माण व्यवसायमा संलग्न बुक्सेल विल्डिङ कन्ट्याक्टिङ एन्ड टे्रडिङ कम्पनीले उक्त चिया
कतार भित्र्याएको हो । कम्पनीका बजार निर्देशक कमल घिमिरेले कतारमा  चियाको राम्रो सम्भावना देखेर ल्याएको बताए । नेपाली चियाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा घिमिरेले भने, 'हाम्रो यनले नेपाली चियाले राम्रो बजार लिने देखाएको छ ।
कम्पनीले २५, ५० र सयवटा टी ब्यागका तीन किसिमका बट्टा र ५० र १ सय ग्रामका पाते चिया (लिफ टी) का बट्टा बेच्न थालेको
छ । पाँचथरस्थित कञ्चनजंगा चिया क्षेत्र तथा अनुसन्धन केन्द्र (केटीई) ले उत्पादन गरेको चिया ल्याएको घिमिरेले बताए ।
यो चियालाई अस्टे्रलियाको नेसनल एसोसिएसन अफ सस्टेनेवल एगि्रकल्चर (नासा) र युरोपियन युनियनको कानुनअनुसार प्रमाणित गर्ने संस्था इन्टरनेसनल फेडेरेसन अफ अर्गानिक अगि्रकल्चर मुभमेन्ट -आईएफओएयम) ले जैविक हरियो चिया प्रमाणित गरेको छ ।
चियाको बट्टामा अर्गानिक प्रमाण दिने संस्थाहरूको लोगोसहित अंग्रेजी र अरबी भाषामा यसको महत्त्व र पकाउने विधि लेखिएको
छ । कतारको नगरपालिकाको स्वास्थ्य विभागले प्रयोगशाला परीक्षण गरेर बिक्रीका लागि योग्य भएको प्रमापणपत्र दिएको छ । यहाँ कुनै खाद्य उत्पादनको गुणस्तर जाँच गरेपछि मात्र बिक्रीका लागि अनुमति दिने नियम छ । कम्पनीले पहिलो खेपमा ३ सय ९ केजी चिया भित्र्याएको छ । चियाको थोक मूल्य हाल २५ टी ब्यागको १७ कतारी रियाल -३ सय ७४ रुपैयाँ), ५० टी ब्यागको ३३ रियाल -७ सय २६ रुपैयाँ), १ सय टी ब्यागको ६३ रियाल -१३ सय ८६ रुपैयाँ), ५० ग्राम लिफ टीको २५ रियाल -५ सय ५० रुपैयाँ), र १ सय ग्राम लिफ टी ४६ रियाल -१ हजार १२ रुपैयाँ) तोकेको छ ।
कम्पनीले कतारमा चिया बिक्रीको जिम्मा सबैभन्दा धेरै पसल भएको अल मिरा सुपरमार्केटलाई दिएको छ । 'नेपाली अर्गानिक हरियो चियाले कतारमा नेपालीको शिर उँचो बनाउने ठानेका छौं,' बिक्री तथा बजार व्यवस्थापक योगेश रेग्मीले भने, 'अर्गानिकको महत्त्व बुझाउनसके यस क्षेत्रमा चियाको माग अधिक हुनेमा विश्वस्त छौं ।'
कतारमा यसअघि नेपालबाट चाऊचाऊ, तोरी तेल र गहुँको पीठो (आटा) आउने गरेको थियो । पछिल्लो समय २ थरी चाऊचाऊले मात्र बजार पाइरहेको छ ।

No comments:

Post a Comment