Sunday, January 27, 2013

इलामको चिया विश्व बजारका लागि उपयुक्त :अमेरिकी व्यापारी

युरोपियन मुलुकमा मात्र निकासी हुँदै आएको इलामको अर्थोडक्स चिया अमेरिकासहित विश्व बजारमा लैजान उपयुक्त रहेको अमेरिकी व्यापारीहरुले बताएका छन् । चिया प्रशोधन कारखाना र चियाको गुणस्तर अनुगमन गर्न इलाम पुगेका व्यापारीहरुले इलामको चिया अमेरिका लैजान आफूहरु तयार रहेको बताएका हुन् । यसअघि अरु देशमा निर्यात भएपनि नेपाली तयारी अर्थाडक्स चिया अहिलेसम्म अमेरिकामा निर्यात भएको थिएन । इलामको चियाको प्रवद्र्धनका लागि अमेरिकी टी एसोसिएशनबाट आएको पिटर गोग्गीलगायत १० जना ब्यापारीको टोलीले गोर्खा टी स्टेट र
ग्रीन एण्ड स्पेशियालिटी प्रालिको चियाको गुणस्तर जाँचेको छ । जाँचपछि नेपाली चियामा उच्च गुणस्तर भएको गोग्गीले बताए । गोग्गीले नेपाली चिया निर्यातको रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् । विदेशमा नेपालको तयारी अग्र्यानिक चिया गुणस्तरअनुसार प्रतिकिलो सात सय डलरसम्ममा बिक्री हुने गरेको छ । जिल्लाका तीन कारखानाबाट मात्रै वार्षिक डेढ लाख किलो तयारी चिया जर्मनी, बेलायत, फ्रान्स र जापान निर्यात हुने गरेको छ ।

No comments:

Post a Comment