डा. प्रकाश बुढाथोकी
दैनिकजसो जुन हामी चिया खाने संस्कारका साथ हुर्किरहेका छौं, दूध, चिनी, चियापत्ती र मरमसला मिसाएर पकाएको चिया पिउने गर्दछांै,जुन चिया स्वास्थ्यका लागि एकदमै हानिकारक छ र हाम्रो शरीरमा रोग निम्त्याउनमा ठूलो भूमिका खेल्दछ । चियामा दूध राखेर पिउने गर्दा रक्तनलीमा चियाबाट पुग्ने
लाभमा दूधले अवरोधमात्र उत्पन्न नगरी यसले चियाको एन्टि अक्सिडेन्टको प्रभावमा नष्ट गरिदिने तथा क्यान्सरबाट सुरक्षित गर्ने चियाका गुणहरू नै खत्तम गरिदिन्छ । चिया धेरै पिउने देशहरूमा मुटु रोग घटेको देखिएको छ । चियामा दूध र मसला राख्नुको साटो कागती राख्नु राम्रो हुन्छ ।
विश्वभरमा सबैभन्दा रुचाइने कालो चिया वा ब्ल्याक टी हो । बढी कालो चिया सेवन हानिकारक हुनसक्छ भन्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । जर्जिया मेडिकल कलेजमा भएको खोजमा बढीमा २ देखि ४ कप चिया पिउनाले भने केही बेफाइदा नहुने देखाएका छन् । कालो चियामा बढी पाइने फ्लोराइडले दाँत र हड्डीको सुरÔा गर्दछ, बलियो बनाउँछ । कालो चिया वा फलोराइड आवश्यकभन्दा बढी भए स्केलेटल र डेन्टल
फ्लोरोसिस बनाउँछ । हाड तथा जोर्नीहरू दुख्छन् । हाड कमजोर हुन्छ । दाँत कमजोर, खैरो र बेरङ्गी बनाउँछ ।
स्वस्थ रहन जैविक हरियो चिया पिउने गरौं
हरियो चिया वा ग्रीन टी मुटुमैत्री मानिन्छ । ग्रीन टीमा अत्यधिक मात्रामा पाइने पोलिफेनोहरूले आन्द्रामा कोलेस्टेरोलको शोसन रोक्नाले मुटुका लागि स्वस्थ बनेको हो । तर अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकासित खोजपत्रमा फाइदाजनक असर कम भएको जनाइएको छ । स्केप्टिकसका अनुसार यसका नराम्रा असरका तुलनामा फाइदा कमै रहेको बताएका छन् । १ हजार १ सय मानिसमा विभाजित गरी ग्रीन टि र प्लासेवो धेरै महिना खानदिदाँ औसत ग्रीन टि सेवन गर्नेमा खराब कोलेस्टेरोल एलडिएल २.२ मिग्रा प्रति डेसिलिटर अर्थात् २ प्रतिशत कम भएको तथा असल कोलेस्टेरोल एचडिएलमा कुनै असर नपरेको पाएका थिए । ग्रीन टिमा पाइने इजीसिजीले भने केही औषधीहरू जस्तै एन्टि कोगुलेन्ट, क्यान्सर औषधी ब्रोटिजोमिबको काममा अवरोध गर्दछ । तसर्थ दैनिक केहीदेखि धेरै कप ग्रीन टि सेवनले उत्पन्न बेफाइदाका कारण फाइदा कम भएकाले सकारात्मक परिणाम ओझेलमा पार्छ । अमेरिकाको क्यालिफोर्नियास्थित वेस्टर्न युनिभर्सिटी अफ हेल्थ साइन्सका अनुसन्धानकर्ताले हरियो चियामा हुने क्याटेचेन्सले हितकारी कोलेस्टेरोल, एचडिएल र ट्राइग्लेसिराइडमा कुनै प्रभाव नपारी खराब कोलेस्टेरोल एलडिएल घटाउने पत्ता लगाएका छन् । एन्टि अक्सिडेन्ट पोलिफेनोलले रक्तनलीमा पर्ने तनाव कम गरी रक्तसंचारमा सुधार गर्छ । त्यसो त फ्लुबाट जोगाउन, मुटुको स्वास्थ्य सुधार्न, मोटोपना कम गर्न, मधुमेहमा हितकारी जस्ता अनगिन्ती फाइदा हरियो चियाको उपयोगले हुने उजागर भइसकेका छन् ।
दैनिकजसो धेरै चिया वा कफी पिउने गरेमा मुटु रोगको खतरा एक तिहाई कम हुने कुरा हल्याण्डका अनुसन्धानकर्ताहरूले बताएका छन् । १३ वर्षमा अनुसन्धानकर्ताहरूले ४० हजार मान्छेको चिया पिउने बानीको अनुगमन गरेर पिउने गरेको चिया र कपीको मात्रासँग तुलनात्मक अध्ययन गरेका थिए । उनीहरूको अनुसन्धानबाट के प्रमाणित भयो भने दैनिक छ कप चिया पिउने मान्छे मुटु रोगबाट मर्ने खतरा ४५ प्रतिशत कम हुन्छ । चिया वा कफी बढी पिउने मान्छे मुटु रोगबाट सुरक्षित हुन्छन् तर धेरै पिउने गरेमा सुरक्षा कम हुने गर्दछ । दैनिक ६ कपभन्दा बढी चिया पिउने मान्छेले मुटु रोगबाट ज्यान गुमाउने खतरा ३६ प्रतिशत कम हुने भनाइ अनुसन्धानकर्ताहरूको छ । यस अनुपातमा दैनिक चार कप पिउने गरेमा २० प्रतिशत सु्रक्षा मिल्ने कुरा बताएका छन् । त्यस्तै चिया वा कफी फिक्का पिउने गरेमा अझ राम्रो हुने कुरा अनुसन्धानकर्ताहरूले दिएका छन् । अझ जैविक हरियो चिया पिउने गरेमा मुटुरोग लगायत भयानक रोगहरूलाई राम्रो गर्ने कुरा पनि बताइएको छ ।
जैविक हरियो चियामा क्याटेचिन्स, क्यारोटिन, फ्ल्यावोनोल्स, फ्लोराइट, ग्लाइकोसाइडस, म्याग्नेसियम, पोलिसेकेराइडस, स्यापोनिया, सेलेनियम, भियानिन, भिटामिन बी, भिटामिन सि, भिटामिन ई, क्याफिन पाइन्छ । हरियो चियामा पाइने अनगिन्ति तत्वहरूले क्यान्सर रोग लाग्नबाट बचाउछ, उच्च रक्तचाप नियन्त्रण गर्दछ । हानिकारक कोलेष्ट्रोलको मात्रा नियन्त्रण गर्छ । रगतमा चिनीको मात्रा घटाउँछ । खानाको विषाक्तलाई चियन्त्रण गर्छ । नियमित सेवनले छालाको क्यान्सर हुंँदैन । स्मरणशक्ति बढाउँछ । बुढ्यौलीपन कम गर्दछ । मोटोपन घटाउँछ । दाँतलाई मजबुत बनाउँछ । श्वास गन्हाउने, गिँजा तथा मुख सम्बन्धी अन्य रोगहरूलाई रोकथाम गर्दछ । मुटु सम्बन्धी रोगहरूको लागि अत्यन्त उपयोगी छ । कब्जियत हटाई पाचन प्रणालीलाई सक्रिय बनाउँछ । प्रदूषणबाट हुने विकारयुक्त रसायनलाई निष्प्रभाव पार्न मद्दत पु¥याउँछ । स्वास्थ्य तन्दुरुत बनाई निरोगी बनाउँदछ ।
कफीः जन्मस्थान अविसिनिया भए पनि इथियोपियाबाट खेतिको सुरुवात भएको मानिने कफीको माग बढ्दो छ । नेपालमा कफी खेतिको सुरुआात गुल्मी जिल्लाबाट भए पनि अहिले अर्घाखाँची, पाल्पा, कास्कीलगायत नेपालका अन्य जिल्लाहरू पनि व्यवसायिक रूपमा कफी खेति हुन थालेको छ । अबको केही समयमै नेपाल कफी उत्पादनको लागि उत्कृष्ट हुने सम्भावना बढेर गएको छ । विदेशमा समेत निर्यात गर्न संगठित भइसकेका कफी व्यवसायीहरू अर्गानिक कफीको महत्व बुझाउन सके गुणस्तरमा ख्याल राखे नेपाली कफीको माग उच्च हुने देखिन्छ । अहिले नेपालमै पनि आयातित कफीप्रति उपभोक्ताको चाहना कम हँुदै गएको पाइन्छ । यद्यपि हामीले अर्गानिक कफीको महत्व अझै बुझाउने हो भने त्यो संख्या अझै बढ्ने छ ।
जाडोयाममा चिसोलाई छल्न पेय पदार्थको रुपमा कफी लिने गरिन्छ । जाडोबाहेकका दिनमा पनि कफी नपिउने भन्ने हुँदैन । हामीले पिउने कफी कस्तो हुनुपर्छ ? विशेष गरी पेय पदार्थको रुपमा लिइने कफी स्वास्थ्यको दृष्टिकोणकले पनि राम्रो मानिन्छ । कफीको नियमनुसार र मात्रा मिलाएर नियमित सेवन गरेमा विभिन्न रोगमा फाइदा पुग्ने कुरा डब्लु. एच. ओ. ले पनि उल्लेख गरेको छ । तर दिनहँु पिउने कफी शुद्ध हुनु जरुरी छ ।
चिया र कफी मुटुको लागि लाभदायी भन्दै अमेरिकी हर्ट एसोसियसनको जर्नलमा प्रकासित भएको छ । नेदरलैन्डका शोधकर्ताहरूले १३ बर्È लगातार ४० हजार व्यक्तिहरूमा निरन्तर अध्ययन गरी उक्त निष्कर्ष सन् २००९ मा निकालेका हुन् । दिनमा ६ कप भन्दा बढी चिया पिउनेमा मुटुरोग हुने खतरा एक तिहाईले कम हुन्छ । तर चियामा दूध मिलाउँदा चियामा पाइने निकै लाभदायी पलिफिनोलको प्रभाव कम हुन्छ र सकारात्मक असर देखाउँदैन । कफीले एकसाथ जोखिम बढाउँछ र घटाउँछ पनि । एकातर्फ कोलेष्ट्रोल बढ्छ भने अर्काेतर्फ मुटुरोगसँग लड्छ । दिनमा २ देखि ४ कप कफी पिउँदा पनि मुटुरोगको खतरा २० प्रतिशतले कम हुने तथ्य आएको छ । त्यस्तै न्यरोसाइकोलोजी जर्नलमा प्रकासित तथ्य अनुसार कफीमा हुने कैफिन तत्व मानसिक उत्प्रेरक हो भन्ने भ्रम मात्र हो भन्दै यसबाट फाइदा नभई अझ व्यग्रता, बेचैनी र रक्तचाप बढाउने गरेको पाईन्छ भनेको छ । अमेरिकामा गरिएको अनुसन्धानमा दैनिक २०० मिलिग्रामसम्मको कफी सेवनले गर्भवती महिलालाई फाईदा दिने देखाएको छ । हरेक दिन बिहान १ कप कफी पिउँदा वा कफीको मध्यम सेवनले अनिच्छित गर्भपात र अपरिपक्व बच्चाको जन्म हुने जोखिम न्यून हुन्छ ।
कफीमा हुने केफटिन नामक एन्टिअक्सिडेन्टले डायबिटिजको खतरा कम गर्छ । कलेजो र आमाशयमा हुने गम्भीर रोगबाट जोगाउँछ । हृदयाघात, कोलोन क्यान्सर रोक्छ । स्मृति पनि बढाउँछ । पुरुषभन्दा महिलामा यसले बढी फाइदा गर्छ । दैनिक ३ देखि ४ कप कफी पिउने महिलाको स्मरणशक्ति नपिउने भन्दा राम्रो देखिएको छ ।
कफिको नियमित सेवनबाट शारीरिक तथा मानसिक थकाइ पिसाब सम्बन्धी समस्या श्वासप्रश्वास प्रणालीका विभिन्न रोग, कम रक्तचाप भएका बिरामीलाई फाइदा पुग्छ । तर कफीले विशेष गरी मुटुलाई उत्तेजित पार्ने हुन्छ, शरीरमा कफीको शोषण तीव्र हुने हँुदा रक्तचाप बढाउने हुन्छ, त्यसैले उच्च रक्तचाप भएका व्यक्तिले कफीको सेवन नगर्दा नै बेश हुन्छ । अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने दैनिक ३०० एम जी क्याफिन प्रयोग गर्ने व्यक्तिमा गर्भधारण ढिलो हुनसक्छ । कफीको नियमित प्रयोग पिसाब नखुल्ने, पत्थरी, पिसाब फेर्दा दुख्नेजस्ता समस्यामा गर्न सकिन्छ । जाडोयाममा रुघाखोकी लागिरहने हुन्छ, तसर्थ कफीको प्रयोगले दम, रुघाखोकीमा फाइदा पुग्छ । कफीले मानसिक तथा शारीरिक थकाइ, दुखाइ, दम, बाथ, मुटु तथा आन्द्राको क्यान्सर, मोटोपन, पक्षघात, मधुमेह आदि समस्यामा लाभदायक हुन्छ ।
कफी पिउँदा स्वास्थ्यलाभ त हुन्छ नै तर यसका केही बेफाइदाहरू पनि छन् भन्दा पत्यार नलाग्न सक्छ । पेय पदार्थको रूपमा कफी बढी मात्रामा पिइयो भने यसको स्वास्थ्यमा असर गर्दछ । अशुद्ध र बढी कफी पिउँँदा केही समस्या देखिन सक्छ । अधिक मात्रामा कफीको प्रयोग गर्दा सुरुआतमै देखिने लक्षणहरूः तिर्खा लागिरहने, वान्ता हुने, पेट दुख्ने, अरूची (खाना खान मन नलाग्ने) आदि साधारण समस्या देखिन्छन् ।
दीर्घकालीन असरमा अशुद्ध कफीको अत्यधिक र मात्रा नमिलाई सेवन गरेमा दीर्घकालीन रूपमा पछि गएर रक्तचाप, श्वास फेर्न गाह्रो हुने, अनिद्रा आदि । यस्ता समस्याहरू देखिना साथ कफी सेवन बन्द गरी चिसो पदार्थको सेवन (जस्तै फलफूलको जुस, दही आदि) सेवन गर्नुपर्छ ।
चिया र कफीका पारखीलाई मृत्यृको जोखिम उत्पन्न नगराईकनै मुटुको स्वास्थ्य राम्रो बनिरहन्छ । हल्का सेवन नकारात्मक होइन तर साथै धुम्रपान गर्दा भने फाइदा समाप्त भएर जान्छ र बेफाइदा मात्र प्राप्त हुन्छ । तसर्थ कुल मिलाएर स्वस्थ जीवनशैली अपनाउनुपर्दछ ।

No comments:
Post a Comment