उन्नतिका माध्यम : कृषि, पर्यटन र पानी
पूर्वकी रानीको उपनामले चिनिएको इलाम जिल्ला सम्भावनाको पनि खानी नै हो । सुन्दर प्राकृतिक छटा, सांस्कृतिक विविधता र कृषि उत्पादनको उर्वरताले यसलाई नेपालमै सबैभन्दा धेरै व्यावसायिक सम्भावना भएको जिल्लामध्येमा अग्रणी बनाएको छ । इलाममा विशेषतः तीनओटा कुराको उच्च सम्भावना छ – कृषि, पर्यटन र पानी । यी सम्भावनाहरूको उचित दोहन गर्न सक्ने हो भने इलाम जिल्लाको काँचुली नै फेरिन सक्छ । ‘तर, त्यसका लागि प्रविधि, बजार र व्यवस्थापनमा इलामेलीहरूले ध्यान दिनुपर्छ,’ महेन्द्ररत्न क्याम्पस इलामका पूर्वक्याम्पस प्रमुख तथा इलाम उद्योग वाणिज्य सङ्घका सल्लाहकार युद्धप्रसाद वैद्य बताउँछन् ।
इलामेलीहरूले आफ्नो जिल्लालाई पाँच ‘अ’, दुई ‘प’ र चियाको जिल्ला भनेर विशिष्टीकरण गरेका छन् । इलामलाई चिनाउने पाँच ‘अ’मा आलु, अदुवा, ओलन, अकबरे खुर्सानी र अम्रिसो पर्छन् । दुई ‘प’ भनेका पर्यटन र पानी हुन् । ‘इलामको खेतीमा चर्चित पाँच ‘अ’लाई आधुनिक र व्यावसायिक बनाउन सके इलामको मात्र नभई समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ,’ इलाम उद्योग वाणिज्य सङ्घका महासचिव विजय खाकीको तर्क छ ।
इलाममा उत्पादन हुने कुनै पनि कृषि र गैरकृषि उत्पादनलाई बजारको अभाव छैन । पूर्वका ठूला शहरी क्षेत्र भएका जिल्ला मोरङ र झापा इलामेली उत्पादनको राम्रो बजार हुन सक्छन् । त्यस्तै भारतका सिलगुडी र दार्जिलिङसमेतमा इलामले आफ्ना उत्पादन आपूर्ति गर्न सक्छ । ‘सबभन्दा पहिले त इलाम उत्पादनका लागि सक्षम बन्नुपर्छ,’ पूर्वक्याम्पस प्रमुख वैद्य भन्छन्, ‘इलामेली जनताले नै यस क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्ने हो ।’
कृषि
इलामको चिया नेपालको परिचय नै बनिसकेको छ । इलाम जिल्लाले मुलुकको चिया उत्पादनमा निकै नै महत्वपूर्ण योगदान गरेको छ । यो जिल्लामा मात्रै वार्षिक रूपमा कुल १६ लाख किलो चिया उत्पादन हुन्छ । मुलुकको कुल अर्थोडक्स चिया उत्पादनमध्ये ७६ दशमलव २ हिस्सा इलामले नै उत्पादन गर्छ । तर, इलामको चियालाई वास्तविक अर्थमा व्यावसायिक बनाउन नसकिएको वैद्य बताउँछन् । ‘हाम्रोमा प्रविधि र प्राविधिकको कमी छ । त्यति ठूलो मात्रामा चिया उत्पादन गर्ने इलाममा एकजना पनि स्थानीय प्राविधिक छैन,’ वैद्यले भने । इलाममा ठूलाठूला चिया बगानहरू मात्र छैनन्, साना किसानहरूले पनि आफ्नै प्रयासमा चियाखेती गरेका छन् र कारखाना चलाएका छन् । मुलुकले चिया उत्पादनमा फड्को मार्ने हो भने सरकारले साना चिया कारखानालाई सहयोग गर्नुपर्ने दहाल बन्धु टी इस्टेट साँखेजुङ, इलामका सञ्चालक मोतीराम दहाल बताउँछन् । विश्वबजारमा अग्र्यानिक चियाको माग बढेको तथा भारतले सोही प्रकारको चिया मात्रै निर्यात गर्ने जानकारी दिएको अवस्थामा अब इलामेली किसानहरूले अग्र्यानिक चिया उत्पादनलाई प्राथमिकता दिनुपर्ने सङ्घका प्रथम उपाध्यक्ष केदार श्रेष्ठ बताउँछन् । नेपालमै पनि ४० प्रतिशत बजारहिस्सा भारतीय चियाले लिइरहेको सन्दर्भमा स्वदेशी बजार पनि सानो नरहेको वैद्यको तर्क छ ।
चियापछि अलैंची र अदुवा इलामका प्रमुख कृषि उत्पादन हुन् । ५ वर्ष अघिसम्म अलैंची उत्पादनमा इलाम मुलुकमै पहिलो स्थानमा थियो । तर, अहिले त्यो स्थान गुमेको छ । अलैंचीमा एउटा अनौठो किसिमको रोग आएर यस क्षेत्रकै उत्पादन घटेको छ, जसको निदान प्राविधिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । त्यस्तै इलामको अदुवा बढी रेसा र तैलीय पदार्थ भएको विशेष किसिमको छ । यसलाई बजारीकरण गर्नुपर्ने आवश्यकता छ ।
इलाम दूध उत्पादनका दृष्टिले पनि अग्रणी जिल्ला हो । हाल इलाममा दैनिक १ लाख लिटर दूधको व्यावसायिक उत्पादन भइरहेको छ । त्यसमध्ये करीब ६० प्रतिशत दूध दुग्ध विकास संस्थानलगायत डेरी उद्योगहरूले लिने गरेका छन् । बाँकी दूध इलाममै चिज, छुर्पी तथा घिउ उत्पादनमा प्रयोग भइरहेको छ । पछिल्लो समयमा इलाममा उत्पादित दूध भारतको सिलगुडीसमेत जान थालेको सङ्घका प्रथम उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । यसले इलाममा दूध उत्पादनको राम्रो सम्भावना रहेको सङ्केत गर्छ । इलाममा उत्पादित तरकारीको समेत राम्रो सम्भावना रहेको कृषकहरू बताउँछन् ।
पर्यटन
जो एकपटक इलाम पुग्छ, त्यसले अन्य मानिसलाई भन्छ– ‘जीवनमा एकपटक इलाम पुग्नू है ।’ वास्तवमा इलामको अपूर्व प्राकृतिक छटाकै कारण मानिसहरूलाई इलामले मोहनी लगाइरहेको छ । श्रीअन्तुको मोहक सूर्योदय होस् वा चित्ताकर्षक नौकुने माइपोखरी, इलाम पुग्ने पर्यटकहरूलाई तिनले मोहनी लगाइरहेकै छन् । सन्दकपुर, सिद्धिथुम्का, माङमालुङ, गजुरमुखी, पाथीभरा, नारायणस्थान, माईस्थान, सेतीदेवीलगायत इलामका प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थान हुन् । इलाम जिल्लाको जातीय, सांस्कृतिक र भाषिक विविधता पनि पर्यटकका आकर्षण हुन् । तर, पर्यटनको अपूर्व सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको उचित विकास हुन नसकेको पर्यटन व्यवसायीहरू नै बताउँछन् । पर्यटकहरूलाई कसरी शिष्टाचार गर्ने, कसरी उनीहरूलाई यहीँ लामो समय राख्ने र फेरिफेरि आउन सक्ने बनाउने भन्नेतिर कसैको ध्यान जान नसकेको इलामका होटल व्यवसायी थेवा तामाङ बताउँछन् । ‘पर्यटनको विकासका लागि यी कुराहरूमा योजनाबद्ध विकास हुनु आवश्यक छ,’ उनले भने ।
इलाममा पर्याप्त पर्यटन पूर्वाधार विकास हुन सकेको छैन । त्यसैले, यसतर्फ पर्यटन व्यवसायी र सरकारले ध्यान दिन आवश्यक छ । भर्खरै इलाम र झापाको सिमानामा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । पर्यटन पूर्वाधारको अभाव त छँदै छ, इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय नहुँदा पनि इलाममा पर्यटक भित्र्याउन असजिलो भएको पूर्वक्याम्पस प्रमुख वैद्यको तर्क छ । ‘भारतको दार्जिलिङमा वार्षिक रूपमा लाखौं पर्यटक आउँछन् । तर, त्यसैसँग सिमाना जोडिएको इलाममा तीमध्ये एकादुई मात्र आइपुग्छन्,’ उनले भने । पशुपतिगनरमा अध्यागमन कार्यालय स्थापना गर्ने सहमति नेपाली र भारतीय पक्षबीच २०५६ सालमै भएको थियो । तर, भारतीय पक्षले अध्यागमन स्थापना नगर्दा नेपालमा पनि हुन नसकेको वैद्यले बताए । त्यसो हुँदा दार्जिलिङ आएका भारतबाहेक तेस्रो मुलुकका पर्यटक इलाम आउन सकेका छैनन् ।
जलस्रोत
महाभारत पर्वतबाट निस्कने बाह्रै महीना बग्ने खोलाहरू इलामको आर्थिक विकासका मेरुदण्ड हुन सक्छन् । इलामलाई चारओटा माई (खोला)ले घेरेको जिल्ला भनिन्छ । यी खोलाहरूमा विद्युत् उत्पादनको निकै राम्रो सम्भावना छ । अहिल्यै पनि पुवाखोलाबाट ६, माईखोलाबाट दुई स्थानमा गरी १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । इलामको दानाबारीमा २६ मेगावाट र देउमाईमा १० मेगावाट क्षमताका विद्युत् आयोजना निर्माणाधीन छन् । माईखोलामा मात्रै थप ६५ मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको एक अध्ययनले देखाएको वैद्यले जानकारी दिए । यसप्रकार इलामले पूर्वीनेपालकै विद्युत् मागलाई धान्ने क्षमता राख्छ ।
खाँचो सामूहिक प्रतिबद्धताको
अपार सम्भावना हुँदाहुँदै पनि आफ्नो जिल्लाको समुचित विकास हुन नसकेको अनुभव इलामेलीहरूले गरेका छन् । तर, सकारात्मक पक्ष के छ भने आफ्नै कमजोरीका कारण जिल्लाको विकासको गति सुस्त भएको पनि इलामेलीहरू निर्धक्क स्वीकार्छन् । यस्तो अवस्थामा इलामका अपार स्रोतहरूको दोहन गरी यस जिल्लालाई समुन्नत बनाउन इलामेलीहरूकै सामूहिक प्रयास हुनुपर्ने इलाम नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् । ‘विकासका काम सरकारी निकायले मात्रै गर्नुपर्छ भन्ने सोचाइ अहिले पनि केही हदसम्म कायमै रहेकाले सम्भावित विकासको लक्ष्य प्राप्त हुन सकेको छैन । यो मान्यताभन्दा माथि उठ्नुपर्छ,’ उनले भने । सामूहिक लक्ष्यका लागि सबै लाग्ने हो भने यहाँको भाषा, संस्कृति, परम्परा, मूल्य, मान्यता र प्राकृतिक स्रोतसाधन नै आर्थिक विकासका आधार बन्न सक्ने तर्क अधिकारीको छ ।
इलामको विकासका लागि स्थानीय जनतालाई नै व्यावसायिक बनाउनुपर्नेमा पूर्वक्याम्पस प्रमुख वैद्य पनि सहमत छन् । इलामको सबल पक्षलाई इलामेलीले नै पहिचान गर्ने र सोहीअनुरूप सामूहिक प्रयास हुने हो भने पूर्वकी रानी इलाम समुन्नतिको खानी बन्न धेरै वर्ष कुर्नुपर्ने छैन ।
स्रेत –अभियन दैनिक

No comments:
Post a Comment