Monday, January 28, 2013

शानको चिया–जिन्दगी

२६ बर्षदेखि फुटपाथमा चिया बेचेर सुखी परिबार बसाएका र आत्मसन्तोषले रमाएका जअबिर राइ(कुर्मी) जिन्दगी जिउँनेहरुका निम्ति गतिला पथप्रदर्शक बन्न सक्छन् । 
जीवन जिउँने हरेकका आफ्नै तरिका हुन्छन्। कोही भौतिक सुखसयलको उत्कर्ष भेट्टाउँने मृगतृष्णा बोकेर निरन्तर कुदिरहन्छन्, कसैले चाहिँ आफ्नै सानो दुनियाभित्र आत्म–सन्तोषमार्फत् सांसारिक सुखकै अनुभूति गरिरहेका हुन्छन् । धार्मिक नगरी जनकपुरको चहलपहल–भीडभाडयुक्त ‘जनक–चोक’को यौटा कुनामा बिहानीको झ्सिमिसेदेखि अबेर रातिसम्म चियाका गिलाससँग साक्षात्कार गरिरहने जअबिर राइ(कुर्मी) त्यस्तै एउटा उदाहरण हुन् ।
प्लाष्टिकको पालमुनि घामपानी छेकिने गरी राखिएका चारवटा बेञ्च, केही थान दुध–चिया उमाल्ने भाँडा, अनि केही दर्जन काँचका गिलास । उमेरले आधा शताब्दी काटिसकेका जअबिरका गरिखाने सम्पत्ति भनेकै यति हुन् । २६ बर्षदेखि यही ‘फुटपाथ’मा चिया बेचेर पाँच जनाको परिवारलाई सुखी र खुसी राखेका जअबिर स्वयम् पनि

कतारमा नेपाली अर्गानिक चिया

दोहा (कतार), वैशाख १७ - नेपालमा उत्पादित अर्गानिक चिया कतारमा बिक्री सुरु भएको छ । रासायनिक मल तथा कीटनाषक औषधिको प्रयोगबिना उत्पादित चियाको कतारमा राम्रो बजारको सम्भावना देखेर यहाँ व्यवसाय गर्दै आएका नेपालीले ल्याएका हुन् ।
निर्माण व्यवसायमा संलग्न बुक्सेल विल्डिङ कन्ट्याक्टिङ एन्ड टे्रडिङ कम्पनीले उक्त चिया

चिया र कफीका गुण–अवगुण

डा. प्रकाश बुढाथोकी
दैनिकजसो जुन हामी चिया खाने संस्कारका साथ हुर्किरहेका छौं, दूध, चिनी, चियापत्ती र मरमसला मिसाएर पकाएको चिया पिउने गर्दछांै,जुन चिया स्वास्थ्यका लागि एकदमै हानिकारक छ र हाम्रो शरीरमा रोग निम्त्याउनमा ठूलो भूमिका खेल्दछ । चियामा दूध राखेर पिउने गर्दा रक्तनलीमा चियाबाट पुग्ने

ग्रीन टि ले स्मरणशक्ति बढाउने

बेइजिङ, भाद्र २६, ग्रिन टीमा पाइने एक प्रकारको रसायनले मानिसको स्मरणशक्ति तथा सिक्ने कलामा बृद्धि हुने देखिएको छ । हालै बैज्ञानिकहरूले गरेको एक अध्ययनबाट यस कुराको पुष्टी भएको हो ।
चीनमा चोङकिङको थर्ड मेलिटरी

स्वदेशमै अर्गानिक प्रमाणीकरण नहुँदा विदेशी गुहार्न बाध्य

नेपालको कृषिमा अर्गानिक उत्पादनले निकै चर्चा पाएको छ । धेरै किसान अर्गानिक कृषि प्रणालीमा अग्रसर भएका छन् तर स्वदेशमा अहिलेसम्म अर्गानिक (जैविक) उत्पादक प्रमाणित गर्ने सरकारी निकाय नहुँदा किसान र उद्योगीले सास्ती खेप्नुपरेको छ । विशेषगरी, पूर्वी पहाडी जिल्लामा अर्गानिक खेतीको लहर चलेकोे छ । चिया, तरकारी र फलफूल कृषक अर्गानिक खेतीको प्रक्रियामा छन् ।

चिया मजदुरको हात खाली

चिया उत्पादनको सिजन सकिँदै गएपछि इलामका चिया मजदुरका हात खालि बन्न थालेका छन् ।
हरेक हिउ“द महिना सुरू भएपछि इलामका चिया मजदुरहरू घर चलाउनका लागि वैकल्पिक कामको खोजीमा निस्किन्छन् ।
अहिले जिल्लाका अधिकांश चिया बगानमा काम गर्ने मजदुरहरू घट्दै गएका छन् ।

वर्षाका बेला कामको भ्याइनभ्याइ गर्ने मजदुरहरू अब आउ“दो जेठ महिनासम्मका लागि बगानबाट बिदा

चिया खाने चिनियाँहरुको बानी सम्बन्धमा

चिया सम्बन्धी चीनको इतिहास चार हजार वर्षभन्दा पनि पूरानो छ। हरके दिन निरन्तर रुपमा चिया खानु चिनियाँहरुका लागि नगरिनहुने कुरा हो। यस सम्बन्धमा एक किसिमको भनाइ छः सबै घर-परीवारमा दाउरा, चामल, तेल, नून, भटमास, वेनेकर र चिया यी सातवटा खाने कुरा तयार हुनुपर्दछ। ती सातवटा खाने कुराहरुमध्ये चिया नभइनहुने कुरा हो। चिया बनाएर पाहुनाहरुलाई दिनु, उनिहरुको सम्मान गर्नु चिनियाँहरुको बानी हो। पाहुनाहरु घरभित्र पस्नेबित्तिकै घरपट्टीले तुरुन्तै मीठो र सुगन्धित चिया टक्र्याउने गर्दछन। चिया खाँदै गफ गर्नु कति रमाइलो र आनन्ददायी वातावरण है।

Sunday, January 27, 2013

इलामको चिया विश्व बजारका लागि उपयुक्त :अमेरिकी व्यापारी

युरोपियन मुलुकमा मात्र निकासी हुँदै आएको इलामको अर्थोडक्स चिया अमेरिकासहित विश्व बजारमा लैजान उपयुक्त रहेको अमेरिकी व्यापारीहरुले बताएका छन् । चिया प्रशोधन कारखाना र चियाको गुणस्तर अनुगमन गर्न इलाम पुगेका व्यापारीहरुले इलामको चिया अमेरिका लैजान आफूहरु तयार रहेको बताएका हुन् । यसअघि अरु देशमा निर्यात भएपनि नेपाली तयारी अर्थाडक्स चिया अहिलेसम्म अमेरिकामा निर्यात भएको थिएन । इलामको चियाको प्रवद्र्धनका लागि अमेरिकी टी एसोसिएशनबाट आएको पिटर गोग्गीलगायत १० जना ब्यापारीको टोलीले गोर्खा टी स्टेट र
उन्नतिका माध्यम : कृषि, पर्यटन पानी
पूर्वकी रानीको उपनामले चिनिएको इलाम जिल्ला सम्भावनाको पनि खानी नै हो । सुन्दर प्राकृतिक छटा, सांस्कृतिक विविधता र कृषि उत्पादनको उर्वरताले यसलाई नेपालमै सबैभन्दा धेरै व्यावसायिक सम्भावना भएको जिल्लामध्येमा अग्रणी बनाएको छ । इलाममा विशेषतः तीनओटा कुराको उच्च सम्भावना छ – कृषि, पर्यटन र पानी । यी सम्भावनाहरूको उचित दोहन गर्न सक्ने हो भने इलाम जिल्लाको काँचुली नै फेरिन सक्छ । ‘तर, त्यसका लागि प्रविधि, बजार र व्यवस्थापनमा इलामेलीहरूले ध्यान दिनुपर्छ,’ महेन्द्ररत्न क्याम्पस इलामका पूर्वक्याम्पस प्रमुख तथा इलाम उद्योग वाणिज्य सङ्घका सल्लाहकार युद्धप्रसाद वैद्य बताउँछन् । 

Nepali tea: The champagne of the Nepal Himalaya



Nepal began producing tea 146 years ago through Gajraj Singh Thapa, a relative of Jung Bahadur Rana. Rana had received tea saplings from China, and Thapa planted them in 1863 and 1865 in Ilam and Soktim.